बजेट भाषण आज, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री

मंगलबार, जेठ १५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् । स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । बजेटमा केहि लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री रहेका छन् । सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आस्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री र अर्थमन्त्री दुवैलाई रहेको छ । स्रोतका अनुसार यस पटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ ।  यस पटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने, माओवादी पूर्व लडाकुका लागि कार्यक्रम आउन सक्ने बुझिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार