आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणा

मंगलबार, जेठ १५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने घोषणा गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गरेका हुन् । सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताउदै उनले समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन् । साथै उनले सरकारले आर्थिक सुधारको लागि केन्द्रित गरेर आगामी वर्षको बजेट निर्माण गरेको बताएका छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार