बजेटमा सुधारका कार्यक्रम देखिएनन् : पूर्वअर्थमन्त्री महत

मंगलबार, जेठ १५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले आज सार्बजनिक गरेको बजेटबारे कांग्रेसले यस अघि बोले जस्तो नआएको टिप्पणी गरेकाे छ ।  पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चाहे जस्तो ठूलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै बास्तविकता भन्दा माथि रहेको बताए । महतले सुधारका कार्यक्रम ल्याउने बताउँदै आएको भए पनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरु बजेटमा उल्लेख नगरेको बताउँदै अहिले जारी रहेका योजना बारे समेत मौन रहेको टिप्पणी गरेका छन् । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउँदै पूरा बजेट किताब हेरेपछि भन्न सकिने बताए । डा. महतले प्याज आलू र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउदै आफुहरुले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन् ।
  
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार