सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने घोषणा

मंगलबार, जेठ १५, २०८१

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा गरेका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना  गर्ने घोषणा गरेका हुन् ।  उनले भने, ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।'
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार