सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पबाट पुगेको भौतिक संरचना निर्माण का लागि २१ अर्ब ६० करोड रकम विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भूकम्पबाट क्षतिग्रस्त निजी घरको सर्वेक्षण गरेर पुनर्निर्माणलाई तीव्रता दिइने बताए । उनले भने, ‘सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवन लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गरिनेछ । भूकम्पपछिको पुनर्निर्माणका लागि रु. २१ अर्ब ६० करोड विनियोजन गरेको छु ।’