इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो 

मंगलबार, जेठ १५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । गाजाको राफाहमा इजरायली हवाई हमलाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई ‘दुःखद दुर्घटना’ भनेका छन् तर अन्तर्राष्ट्रिय समुदायबाट विरोध बढिरहेको छ । अल्जेरियाले सुरक्षा परिषद्को बैठक बोलाएको छ । यसअघि राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसले पनि राफाहमा भएको आक्रमणको निन्दा गरेका थिए । उनले यहाँको अवस्था भयावह रहेको भन्दै यसलाई रोक्नु पर्ने बताए । उनले गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएको बताए । आइतवार, इजरायलले रफाहमा रहेको शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तिमा ४५ जनाको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार