कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षाको सम्भावना, तराईमा तातो लहर 

बुधबार, जेठ १६, २०८१

काठमाडौं । आज काठमाडौं उपत्यकासहित कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । बुधबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ । आज राती कोशी प्रदेशका थोरै स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । यस्तै, आगामी ३ दिन सम्म तराईका जिल्लाहरुमा तापक्रम वृद्धि भई तातो हावा तथा तातो लहर चल्ने देखिएकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार