भैरहवामा बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न

बुधबार, जेठ १६, २०८१

भैरहवा । १७ औं गणतन्त्र दिवसको अवसरमा मंगलबार बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न भएको छ । ड्रिम क्रिएसन इभेन्ट मेनेजमेन्टकाे आयोजनामा भैरहवास्थित मिलन चोक शिव मन्दिर अगाडि बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम गरिएको हो ।  महोत्सवमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँको प्रमुख अतिथित्यता रहेको थियो । नगर प्रमुख खाँले गणतन्त्र दिवसको शुभकामना दिँदै सिद्धार्थनगर नगरपालिकालाई सबै मिलेर सफा र हराभरा बनाउन आग्रह गरे । उनले भने, 'हामीले विभिन्न ठाँउमा विरुवाहरु रोपेका छौं मेरो आग्रह छ कसैले पनि त्यो विरुवाहरु नटिपिदिनु होला ।'  सडक वरपर फोहोर नफाल्न र नगरपालिको ट्याक्टर फोहो लिनु आउँदा सडेगलेका र पलास्टिक जन्य फोहोर छुट्टयाएर फोहोर दिन पनि उनले आग्रह गरे ।

यसरी नगर सफा र स्वच्छ रहन्छ खाँले भने । महोत्सवमा शुभकामना मन्तव्य राख्दै उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले यस्ता सांस्कृतिक कार्यक्रमहरु गरिरहन स्थानीय सरकारले पहल गरिरहनु पर्ने बताए ।  यस्ता मेला महोत्सव भयो भने नेपालमा रहेका स्थानीय कलाकारहरुलाई हाैसला तथा पर्यटकहरुको आवगमनमा पनि टेवा पुग्ने श्रेष्ठकाे धारणा छ । यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरु प्रति स्थानीय सरकार गम्भिर हुन जरुरी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । गाैत्तम बुद्ध विमास्थलको सञ्चालन, राष्ट्रिय सडकहरुको निमार्ण र ठूला उद्योग तथा कलकारखानाहरु प्रति स्थानीय सरकारको ध्यान जान जरुरी रहेको छ उनले भने ।  अर्थतन्त्र चलायमान बनाउन सिमानाका खुल्ला गर्न वातावरण तयार गर्न नगर प्रमुखलाई आग्रह गरे । बाेडर खुला भएपछि उद्योगि व्यापारीहरुको लागि सहज हुने अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ । गणतन्त्र दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँ, उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, वडा नं. ५ का वडाअध्यक्ष पूरण प्रसाद श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष विरेन्द्र श्रीवास्तव र कार्यक्रम संयोजक दिनेश गुप्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा रवि जयसवालको अध्यक्षता रहेको थियो भने कार्यक्रमको संचालन बिशाल श्रीवास्तवले गरेका थिए । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार