बजेटमा रारा परेन

नगर प्रमुख आक्रोशित, सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक

बिहीबार, जेठ १७, २०८१

मुगु । मुगुको छायाँनाथ रारा नागरपालिकाले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाएको छ । सरकारले आर्थिक बर्ष २०८१।०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेट प्रस्तुतमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णुकुमार भामले मन्त्रीहरुलाई रारा प्रवेशमा निषेध गरेका हुन् । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा र नेपालको सबैभन्दा ठूलो ताल स्वर्गकी अप्सरा उपमा पाएको रारालाई संघीय सरकारले बेवास्ता गरेको उनले बताए । रिफ्रेसमेन्टका लागि रारा घुम्न आउने तर यहाँको भौतिक संरचना निर्माणमा मन्त्रीहरुले ध्यान नदिएको उनको भनाई छ । एक वर्षमा रारामा कार्यक्रम गर्ने र खाने काम बाहेक रारा विकास र प्रवर्द्धनका लागि मन्त्रीहरुले केही काम नगरेको समेत उनले आरोप लगाएका छन् । आन्तरिक तथा वाह्वय पर्यटकलाई भने रारामा स्वागत गरिएको उनकाे धारणाा छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार