ललितपुर महानगर २३ नं. वडाका गृहणी महिलालाई प्लम्बिङ तालिम(भिडियो)

बिहीबार, जेठ १७, २०८१

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिकाले लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडावासी गृहणी महिलालाई एक दिने प्लम्बिङ सम्बन्धी तालिम दिएको छ । वडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्लम्बर बाबुराजा महर्जनले घरायशी प्रयोजनका लागि आवश्यक पर्ने प्लम्बिङसम्बन्धी सीप सिकाएका थिए । तालिममा पानीको चुहावट रोक्नसहितका आवश्यक पर्ने सिप सिकाइएको थियो । सामाजिक परिचालक सावित्रा गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा वडा सदस्य मधुसिंह श्रेष्ठ ठकुरीले महिलाले जुनसुकै क्षेत्रमा पनि अग्रसरता देखाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडाअध्यक्ष जीवन महर्जनले कामको सम्मान गर्ने परिपाटी बसाउन सके समुन्नत समाज बन्ने धारणा राख्नुभयो । 

441940151_7564908290245668_7070040888902717245_n-1717037950.jpg
440740935_1085168276502193_5958925556147308764_n-1717037949.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार