आगामी आवका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट 

चालुतर्फ छ खर्ब ७८ अर्ब ६१ करोड, पूँजीगततर्फ तीन खर्ब ७४ अर्ब २६ करोड
शनिबार, जेठ १५, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ छ खर्ब ७८ अर्ब ६१ करोड, पूँजीगततर्फ तीन खर्ब ७४ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब सात अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन खर्ब ८६ अर्ब ७१ करोड तथा चालु खर्चमा समानीकरण अनुदानसहित तीन खर्ब २५ अर्ब ७४ करोड र पूँजीगततर्फ ६० अर्ब ९७ करोड रुपैयाँ छुट्याइएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ बेहोरिने  अध्यादेशमार्फत बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । चालु, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट बेहोर्दा न्यून हुने पाँच खर्ब ५९ अर्ब ३० करोड रुपैयाँमध्ये वैदेशिक ऋणबाट तीन खर्ब नौ अर्ब २९ करोड र आन्तरिक ऋणबाट दुई खर्ब ५० अर्ब रुपैयाँ बेहोरिने उनले बताए । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार