राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
सुरक्षा
थप
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
खेलकुद
स्वास्थ्य
अर्थतन्त्र
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
जलवायु/मौसम
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
मनोरञ्जन
बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मी प्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक ( भिडियो सहित)
बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मी प्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक ( भिडियो सहित)
शब्दपाटी
शुक्रबार, जेठ १८, २०८१
शुक्रबार, जेठ १८, २०८१
तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु
परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु ....
यी हरफहरु लक्ष्मी प्रसाद मिश्रले लेखेका ‘चारु’ का हरफहरु हुन्, यो ‘चारु’ बबिना भट्टराईको स्वर तथा संगीतमा रेकर्ड भई पोखरामा सम्पन्न नेपाल भारत साहित्य महोत्सव र इमेज एफ.एम. ९७. ९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मार्फत सार्वजानिक छ । चारुका लेखक मिश्रले यो चारुलाई नेपालको सांगितिक इतिहासमा पहिलो रेकर्डेड ‘चारु’ भएको दावि गरेका छन् । उनी भन्छन् ‘नेपालमा स्वतन्त्र गजल त धेरै रेकर्ड भए तर स्वतन्त्र गजललाई चारु नामाकरण गरिए पछि औपचारिक रुपमा बबिना भट्टराईको स्वर र संगीतमा म्युजिक नेपालको स्टुडियोमा २०८० फागुन ०८ गते मंगलबार रेकर्ड भएको यो ‘चारु’ नै संगीतवद्ध र स्वरवद्ध भएर रेकर्ड भएको पहिलो हो ।’ यहि दाविका साथ नेपाल भारत साहित्य महोत्सवमा उनको यो ‘चारु’ सार्वजानिक भइरहदा धेरैले उत्सुकता जनाएका थिए । उनको यो दावीलाई चरु विधामा विद्यावारिधि गरेका तथा चारुका प्रवर्तक समेत रहेका डा. देवि पन्थीले पुष्टि गरेका छन् । इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मा प्रस्तोता हरिराम पौडेल संगको अन्तर्वार्तामा उनले भनेका छन् ‘लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्दमा बबिना भट्टराईको स्वर र संगीतमा रेकर्ड भएको ‘चारु’ नै पहिलो रेकर्ड भएको चारु हो ।’
गजल र ‘चारु’ मा भिन्नता के हो ?
गजल र चारु विधामा विद्यावारिधि गरेका डा. देवी पन्थी भन्छन् ‘गजल भनेको बहरमा हुन्छ । यो सातौं शताब्दीदेखि अहिलेको सय वर्षसम्म बहरमा देखियो । मोतीराम भट्टले १९४२ सालमा गजल बनारसबाट यहाँ ल्याउँदा बहरमै ल्याए । त्यसपछि शम्भुप्रसाद ढुंगेल, भीमनिधि तिवारी आदिले बहरमै लेखे । वि.स. १९८० सालपछि यो गजल चाहिँ अश्लील ढंगबाट पनि आयो । बहरको बाटो छोडेर आयो । वर्तमान २०८० सालसम्म आउँदा थुप्रै गैर बहरका गजलहरू पुस्तकका रूपमा निस्किए । धेरैलाई गजल अलि जटिल भएकाले सजिलो बाटो खोजेर बिना बहरका गजलहरू लेखे । तिनलाई अन्तर्राष्ट्रिय स्तरको मानिँदैन । त्यसकारण यसलाई नेपाल प्रज्ञा प्रतिष्ठान सँग पनि कुरा राख्यौं । २०७६ भदौ १५ र १६ गते पहिलो राष्ट्रिय गजल गोष्ठी भयो । त्यहाँ अब उपरान्त बहरमै गजल लेख्ने निर्णय भयो । बहरबाहेकका गजललाई भिन्न नाम दिइनेछ भनेअनुसार हामीले गजलको विकल्पमा ‘चारु’ ल्याएका हौं । ‘चारु’ नितान्त नेपाली व्याकरणअनुसार नेपाली शब्दहरू प्रयोग गरेर हाम्रा विभिन्न जातजातिको लोकलय र भाकाहरूमा हामी छन्दमा लेख्छौं । बहर चाहिँ हाम्रो लोकलय छन्दभन्दा फरक हो । अहिलेसम्म नेपाली साहित्यमा लेखिएका विधिवत गजलहरूको संग्रहको संरक्षण र सम्मान गर्न हामीले यो ‘चारु’ अगाडि ल्याएका हौं । अर्को महत्वपूर्ण कुरा के हो भने गजलमा नारीलाई विषय बनाएर प्रणयका कुरा लेखिन्छन्।् । त्यतिबेला गजलको जन्म हुँदा नारीहरू पुरुषको अधिनत्वमा थिए । उनीहरूलाई पढ्ने, लेख्ने र बोल्ने अधिकार थिएन । त्यसकारण पुरुषले नारीलाई मनोरञ्जनको साधनको रूपमा त्यसरी प्रयोग गरे भने अहिलेका नारीहरू पुरुषसमान छन्।्, पुरुषसमान नारीहरूले पुरुषको बारेमा राम्रा नराम्रा कुराहरू व्याख्या गर्न सक्नेछन्, सक्छन् भन्ने उद्देश्य राखेर नारीमैत्री विधाको रूपमा ‘चारु’ लाई अगाडि ल्याइएको छ ।’
डा. पन्थी थप्छन् ‘बहरबिनाको गजल गजल हुनै सक्तैन । यसलाई फारसीहरूले अरू शास्त्रमा ढालेर बहरलाई अनिवार्य गरेर यसलाई ल्याए । बहर बिना गजल नहुनुको कारण के भने गजल लेखिँदैन, गजल कहिन्छ, गाइन्छ त्यसैले लेख्ने विषय होइन । गजलको सम्बन्ध सिधै संगीतसँग छ । जबसम्म हामीले सूत्रमा लेख्दैनौं, बहरमा लेख्दैनौं, तबसम्म संगीतको झंकार, धून र लयसँग यो म्याच खाँदैन । त्यसैले बिनाबहर गजल लेख्नु भनेको बालुवामा ढुंगा हान्नु बराबर हुन्छ । अहिले नेपालमा लेखिएका सिर्जना सयमा ९०‘चारु’ हुन् भने १० गजल ।’
साहित्यका विभिन्न विधा हुदै पछिल्लो समय ‘चारु’ लेख्ने गरेका लक्ष्मी प्रसाद मिश्र स्वतन्त्र गजलको अर्को रुप या नयाँ नामकरण ‘चारु’ भएको बताउँछन् । आफ्ना शब्दहरुलाई छोटो समयमा संगीतको धुन र सुमधुर स्वर भरेकीमा आँफू गायिका तथा संगीतकार बबिना भट्टराई प्रति कृतज्ञ रहेको उनले बताएका छन् ।
मिश्रको यो ‘चारु’ मा वियोगको भाव पाइन्छ । ‘जीवनमा कोहि नहुदैमा केहि फरक नपर्ने’ भाव उनको चारुमा रहेको छ । जिन्दगीको साथी भन्नु नै आँसु र पिडालाई मान्ने उनी आँसु पिएरै जिन्दगी जिउन सक्ने आँट राख्छन् । पिरतीको सुर्के डोरी एक्लै बाट्न सक्ने दावी पनि उनले गरेका छन्, पिरती दोहोरो हुनु पर्छ भन्ने सामान्य शिद्धान्त भन्दा बाहिर गएर एकोहोरो पिरतीमा तड्पेर उनकै याद कल्पेर एक्लै जिउन सक्ने आट पनि उनी देखाउँछन् । यता उता कतै पनि आफ्नो जाने नाता नभएको, उनी संगको नाता नै एक मात्र र अन्तिम भएको, उनको साथ विनाको जीवन गोधुलीको घाम जस्तै कुन बेला सकिन्छ, अस्ताउँछ पत्तो नभएको, उनले यति धेरै विरही बनाए पनि, साथ छोडे पनि, नाता तोडे पनि, उनको विरहमा, उनी संगको विछोडमा उनैलाई कल्पि कल्पि बाँच्न परेतापनि आफ्नो मनमा उनी प्रति गहिरो मायाको भाव रहेको उनको ‘चारु’ ले बोलेको छ । ‘माया छैन’ भनेर उनलाई ढाट्न नसक्ने विवशतामाा उनी बाँचेका छन् ।
नेपालको संगीत इतिहासमा पहिलो ‘चारु’ आफ्नो स्वर तथा संगीतमा रेकर्ड गर्न पाउनुलाई अवसरको रुपमा लिएकी गायिका तथा संगीतकार बबिना भट्टराई २ दिनको छोटो समयमा तयार गरिएको ‘चारु’ गाउँदा आँफूले फरक अनुभूति संगालेको बताउँछिन् । अलि समय लिएर संगीत गर्न तथा गाउन पाएको भए अझ राम्रो हुन्थ्यो कि ? भन्ने भाव उनको मनमा रहिरहेको छ ।
कवि तथा गीतकार उत्तम विचार लक्ष्मी प्रसाद मिश्रको ‘चारु’ नेपालको संगीत इतिहासमा नै प्रथम ‘चारु’ भएकोमा खुसी व्यक्त गर्दै बबिना भट्टराईको स्वर र संगीतले ‘चारु’ लाई मीठास र कर्ण प्रिय बनाएको र भिडियो पनि उस्तै राम्रो आउनेमा विश्वस्त रहेको बताउँछन् । नेपाली संगीतको क्षेत्रमा चर्चा बटुल्दै गरेकी बबिनाको एक पछि अर्को सफल गीत, भजन तथा ‘चारु’ ले उनको सांगितिक भविष्य सुनौलो रहेको बताउदै उनी थप्छन् ‘मिश्रको चारुलाई बबिनाको स्वर र संगीतले न्याय गरेको छ, हतारमा तयार गरिएको भए पनि ‘चारु’ सुनिरहदा हतारको भाव कतै भेटिदैन, श्रोताहरुलाई सुनिरहुको भावमा अड्याउन ‘चारु’ सफल छ ।’
लक्ष्मी प्रसाद मिश्रको ‘चारु’ मा एरेन्ज बलराम समालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त चारुको भिडियोमा बबिना आफै फिचर्ड छिन् । जस्केलो क्रियशनद्धारा स्टुडियो भर्सनमा तयार गरिएको उक्त भिडियोमा विभिन्न बाद्यवादनमा रुपेश शाक्य, नरेश श्रेष्ठ, नोभा ठकुरी, संकल्प बर्माको भूमिका रहेको छ भने श्रृङ्गारमा यमुना पाण्डेको साथ रहेको छ ।
‘चारु’
तिम्ले छोडी जादा नि रङ्गमञ्चमा खट्न सक्छु
परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु ।
जिन्दगीको साथी भन्नु, पीडा अनि आँसु रै छ,
पिरतीको सुर्के डोरी एक्लै पनि बाट्न सक्छु ।
आकाश झैं टाढा भयौ अव भेट्ने आशा छैन
तिम्रो याद संगालेर बादल सरि फाट्न सक्छु ।
विरह र बेदनामा जति जल्नु जले पनि
तिमीलाई कल्पि कल्पि एक्लै ज्युन आट्न सक्छु ।
तिम्रो माया मेरो लागि गोधुलीको घाम रै छ
छैन माया तिम्लाई भनि न त मैले ढाट्न सक्छु....
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१
०८:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
महालक्ष्मीस्थान चोकदेखि नख्खु खोला पुलसम्मको सडक कालोपत्र (भिडियो)
नंः २
सहरलाई विकसित र समृद्ध बनाउन असल अभ्यास आदानप्रदान आवश्यक
नंः ३
स्नेहाको भिगन यात्रा (भिडियाे)
नंः ४
ललितपुर महानगर २८ नं. वडाले शैक्षिक सम्मान तथा हस्तकला प्रदर्शनी आयोजना गर्दै (भिडियो)
नंः ५
बीरगन्जमा लगाएको कर्फ्यु अवधि थप, रात्रि बजार बन्द
विशेष
क्यान्सर विजेता बबीका कुरा
बुधबार, चैत २७, २०८१
अन्तर्वार्ता
जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेका छौं : महेन्द्रकुमार खड्का
सोमबार, माघ २१, २०८१
यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा. पौडेल
मंगलबार, माघ १, २०८१
काष्ठ व्यवसायलाई प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी फलदायी हुने : होमप्रसाद घिमिरे अध्यक्ष, नेपाल प्लाईउड उत्पादक संघ (भिडियो)
आइतबार, पुस २८, २०८१
जाडो याममा स्वासप्रस्वास नली सुनिने र फोक्सोमा असर देखिनसक्छ : डा.प्रतिक वाग्ले
शुक्रबार, पुस १९, २०८१
माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विश्वकर्मा (भिडियाे)
आइतबार, मंसिर ९, २०८१
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : डा.देबकी आचार्य बालअधिकारकर्मी (भिडियो)
बुधबार, मंसिर ५, २०८१
जीवनशैली
वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड
शुक्रबार, माघ ४, २०८१
एआइको उपयोग गर्न जाने फाइदा लिन सकिन्छ : प्रधानमन्त्री
आइतबार, कात्तिक ११, २०८१
दीर्घायुका रहस्य : ‘ब्लु जोन’का मिथक र वास्तविकता
शुक्रबार, कात्तिक ९, २०८१
अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?
शनिबार, असोज ५, २०८१
अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी
आइतबार, भदौ ३०, २०८१
चीनले सन् १९५० पछि पहिलो पटक बढायो अवकाशको उमेर
शुक्रबार, भदौ २८, २०८१
शिक्षा
पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित
मंगलबार, फागुन २७, २०८१
विश्वविद्यालयहरुमा नियुक्ति गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्न सुझाव
शुक्रबार, फागुन २, २०८१
नेपाल उच्चशिक्षा अध्ययनका लागि अब्बल छ : उपप्रधानमन्त्री सिंह
बुधबार, माघ ३०, २०८१
थामी समुदायले दिए देउसी खेलेर सङ्कलन गरेको पैसा विद्यालय सञ्चालनको लागि चन्दा
बुधबार, माघ २३, २०८१
पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा
बुधबार, माघ २३, २०८१
विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री
सोमबार, माघ १४, २०८१
यसरी नमुना विद्यालय बनेको छ रामेछापको दुर्गम गाउँ बेथानस्थित डहु मावि
शुक्रबार, माघ ११, २०८१
हिमाली गाउँ लाहाछेवरका विद्यार्थीलाई विद्यालयमा दिवा आवास
बुधबार, माघ २, २०८१
समाचार
नेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसा
आइतबार, वैशाख ७, २०८२
सुनकोशीको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल आउने वर्षा अगाडि नै बन्ने
शनिबार, वैशाख ६, २०८२
जनमत पार्टीको संसदीय दलको निष्कर्ष : योजना खरिद बिक्री आरोप निराधार
शनिबार, वैशाख ६, २०८२
रौतहट आगलागि : दुई करोड मूल्य बराबरको क्षति
शनिबार, वैशाख ६, २०८२
परीक्षा बोर्डले भन्यो, 'भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ'
शुक्रबार, वैशाख ५, २०८२
थप समाचार
बबिना भट्टराईको स्वर तथा संगीतमा सरोज संगमको गजल कदर भएन सार्वजनिक (भिडियो सहित)
शुक्रबार, जेठ १८, २०८१
सलमान खानलाई फेरि ज्यान मार्ने धम्की, दुई शंकास्पद युवामाथि खानतलासी
शुक्रबार, जेठ १८, २०८१
‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, देशको बेथितिमाथि तिखो व्यङ्ग्य
शुक्रबार, जेठ १८, २०८१
तुलसी घिमिरेको ‘पहाड’ को कार्तिक ७ प्रदर्शनमा प्रदर्शन हुने
शुक्रबार, जेठ १८, २०८१
Subscribe Newsletter
×