गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा नियुक्त

शुक्रबार, जेठ १८, २०८१
मयुर प्लाई
Global Ime Bank

पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन् ।  यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।  दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस) मा आवद्ध छन् । उनलाई  बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराए । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार