निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

शनिबार, जेठ १९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । हिजाे राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँ घटाएको हो । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ । मूल्य घटेपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । भारतबाट आएको नयाँ मूल्यसूचीमा मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार