एकल महिला–पुरुषलाई धार्मिक भ्रमणसहित सम्मान(भिडियो)

आइतबार, जेठ २०, २०८१

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेलले वडाभित्र स्थायी रुपमा बसोबास गरेका एकल महिला–पुरुषलाई धार्मिक भ्रमणसहित सम्मान गरेको छ । काठमाडौंको उत्तरी भेगमा रहेको प्रसिद्ध धार्मिक स्थल बुढानीलकण्ठ नारायण तथा कृृष्ण मन्दि(इस्कोन मन्दिर)को भ्रमणसहित वडा कार्यालयले एकल महिला–पुरुषलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । 

May be an image of 6 people, flute, speaker, violin, dais and text
वडा कार्यालयअन्तर्गतको एकल महिला समितिले आयोजना गरेको कार्यक्रममा वडाअध्यक्ष दिनेश जंग पाण्डे, वडा सदस्य एवम् समितिकी संयोजक इन्द्रा श्रीश, वडा सदस्य निशा मालबुल, वडा सदस्य हरिकृष्ण मर्हजन, वडासचिव जर्नादन शर्मा पौडेल, वडा सल्लाहकार पुरुषोत्तम पौडेलको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको हो । 

May be an image of ‎3 people, temple, dais and ‎text that says
वडा कार्यालयले एकल महिला र पुरुषका लागि क्षमता विकास तथा जनचेतना कार्यक्रम नाम दिएर आयोजित उक्त कार्यक्रम वडासचिव जर्नादन शर्मा पौडेलले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा वडासदस्य निशा मालबुलले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो ।  कार्यक्रममा सहभागीका तर्फबाट देबु परियारले वडाले आयोजना गरेको कार्यक्रमबाट आफूहरूलाई भेटघाटको अवसर प्राप्त भएको बताउँदै आय आर्जनका कार्यक्रममा सहभागी गराएर जीवन स्तर उकास्नेतर्फ सोचिदिन वडाका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

May be an image of 8 peopleकार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष दिनेश जङग पाण्डेले एकल महिला–पुरुषका लागि गरिएको यो कार्यक्रम परिमार्जित स्वरुपमा आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाउँदै आगमी वर्षका कार्यक्रम वडावासीको मुहारमा खुसी ल्याउने खालको निर्माण गर्ने आश्वसन दिनुभयो । कार्यक्रमकी अध्यक्ष एवम् वडा सदस्य इन्द्रा श्रीशले वडा कार्यालयले आयोजना गरेको कार्यक्रमलाई एक आपसमा खुसी साट्ने अवसरका रुपमा लिन आग्रह गर्नुभयो । 

May be an image of 1 person, wedding and dais

May be an image of 7 people, flute, temple, dais and text

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार