सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले भूसूचना सङ्कलन सर्वेक्षण र नाम नक्शाङ्कन गर्न अत्याधुनिक लाइडर प्रविधिको प्रयोगलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कार्यअन्तर्गत सरकारले आगामी आवमा मेचीदेखि नारायणीसम्म तराईका १५ हजार वर्गकिलोमिटर क्षेत्रको नाप नक्शाङ्कन सम्पन्न गरिने बताए । सरकारले त्यसका लागि रु ४३ करोड विनियोजन गरेको छ । आगामी तीन वर्षभित्र देशका सबै भूभागको नाम नक्शाङ्कन सम्पन्न गरिसक्ने पनि सरकारको लक्ष्य छ । त्यसरी अभिलेख प्राप्त भएकालाई आगामी आवभित्र जगग धनी दर्ता प्रमाणपुर्जा वितरण गरिने छ । त्यसका लागि रु ६८ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षभित्र कित्ताकाट, नक्शा, फिल्ड बुक र प्लट रजिष्ट्ररसम्बन्धी सेवा विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने मेरो कित्ता प्रणाली सबै जिल्लामा कार्यान्वयनमा ल्याइने सरकारले लक्ष्य राखेको छ ।