विश्व वातावरण दिवसमा ललितपुर महानगरमा वृक्षारोपण; वातावरण जोगाउन सहकार्य गर्ने मन्त्री, नगर प्रमुख र राजदुतको प्रतिबद्धता

बुधबार, जेठ २३, २०८१

ललितपुर। विश्व वातावरण दिवसको अवसरमा  ललितपुर महानगर र  नेपालस्थित भारतीय राजदूतावासको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ । ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर शाह, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले वृक्षारोपण गरे । कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य पनि उपस्थित थिइन् । डावडा नं २का वडा अध्यक्ष राजेश महर्जन, वडा नं.४ का वडा अध्यक्ष सन्तोष खड्का सहभागी थिए । कार्यक्रममा समाजसेवी, वातावरणप्रेमीको सहभागिता रहेको थियो । 

c1420d32-9edf-4746-b17c-307b19d9f698-1717580622.jpg
वन तथा वातावरण मन्त्री नवल किशोर शाहले पृथ्वी जोगाउनु सबैको दायित्व भएको बताए । प्रत्येक व्यक्तिले वातावरण जोगाउन काम गर्नुपर्ने बताउँदै आफूले एक हजार बिरुवा रोपेको बताए । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले वातावरण जोगाउन महानगरले वृक्षारोपणलाई महत्व दिएको बताए । खाली ठाउँ, सडकको किनारा लगायतको ठाउँमा महानगरले विरुवा रोपेको उनले जानकारी दिए । नेपालका लागि भारतका राजदुत नवीन श्रीवास्तवले वातावरण संरक्षणका लागि नेपाल सरकार र ललितपुर महानगरसँग भारत सरकार काम गर्न तयार रहेको बताए । 

86701aa3-636a-49c4-9adb-3f353162226b-1717580619.jpg
वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन महानगरसँगको सहकार्यमा वृक्षारोपणको कार्यक्रम आयोजना गरेको बताए । व्यक्तिगत तथा सामूहिक प्रयासले वातावरण संरक्षण गर्न सकिने बताउँदै ती प्रयासलाई प्रोत्साहित गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा एक सय ५० भन्द धेरै विरुवा रोपिएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार