ललितपुर महानगरमा ’घर घरमा नगर प्रहरी’ अभियान, जनताको समस्या र गुनासो दैनिक ५० जना नगर प्रहरी खटिने

बिहीबार, जेठ २४, २०८१

ललितपुर। ललितपुर महानगरपालिकाले ’सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान सुरु गरेको छ । नगरवासीको समस्या र गुनासो सुन्न नगर प्रहरी नागरिकको घर घरमा पठाउने उद्देश्य सहित यो अभियान महानगरले थालेको हो । नगरवासीका समस्या पहिचान गर्न, जनताले कर तिरे नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न यस अभियानले मद्दत पुर्‍याउने महानगरका प्रमुख चिरीवाबु महर्जनले जानकारी दिए । मुलुकको निम्ति यो नयाँ काम भएको बताउँदै उनले भने, ‘ अन्जानमै म बाट पनि कतै दायाँवाँया भएको भए सुधार गर्न सहयोग पुग्छ । ’ घर घरमा नगरप्रहरी अभियानले वडाअध्यक्षहरुलाई पनि सहयोग पुग्ने उनले बताए । यो कार्यक्रमले नगरवासी र नगरपालिकाबीच सेतुको काम गर्ने प्रष्ट पारे ।

ceb59ae0-bc29-465a-a73f-eb95266b3e08-1717667389.jpg


बिहीबार बिहान अभियानको उद्घाटन गर्दै नगर प्रमुख महर्जनले यो कार्यक्रमले स्थानीयको समस्या थाहा हुने बताए । घरघरमा पुगेर संकलन गरिएका गुनासा र समस्याबारे नगर प्रहरीले हरेक साता नगर प्रमुख महर्जनलाई जानकारी गराउनेछ । यस अभियानमा दैनिक ५० जना नगर प्रहरी खटिनेछन् । ती मध्ये समूह समूह बनाएर घरघरमा नगर प्रहरी पठाइने छ । एउटा समुहमा पाँच जना नगर प्रहरी रहनेछन् । यसो गर्दा दैनिक तीन हजारभन्दा बढी घरमा नगरप्रहरी पुग्ने छ । नगरप्रहरीले नगरपालिकाका सेवाहरु नगरवासीले लिए नलिएको बुझ्ने छ भने निशुल्क दमकल , ढल निकास, शव वाहन, फुटपाथ लगायत सेवाबारे जानकारी गराउने छ । अभियानको उद्घाटन कार्यक्रममा बोल्दै ललितपुरका प्रहरी प्रमुख शेखर खनालले नगरप्रहरीसंग हातेमालो गरेर काम गर्दा सहज भएको बताए । उनले नगर प्रहरीसँगसँगै नेपाल प्रहरी पनि खटिदाँ शान्ति सुरक्षा कायम गर्न सजिलो हुने बताए । विपद् व्यवस्थापन र वातावरण संरक्षण लगायतका विषयमा उपलब्धिमूलक काम गर्न सकिने बताए । नगरपालिकाले वातावरण प्रहरी गठन गरेको छ । सो टोलीले वातावरण जोगाउन काम गर्नेछ भने कालो धुवा फ्याक्ने थोत्रा सवारीसाधनलाई कारबाहि गर्नेछ । यो अभियान १ महिनासम्म रहने नगरप्रहरी प्रमुख सिताराम हाछेथुले बताए । यो अवधिमा सबैको घरघरमा र पसलपसलमा नगरप्रहरी पुग्ने उनले बताए ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार