सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी । महोत्तरीको बर्दिवासमा प्रशासनको आँखै अगाडी वालविवाह भएको छ । बर्दिवासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिँदै प्रहरीको आँखै अगाडी वालविवाह भएको हो । कानुनले बर्जित गरेको वालविवाहमा प्रहरी आफैँ प्रत्यक्षदर्शी बन्दा पनि रोक्न नसकेको स्थानीयहरुले आरोप लगाएका छन् । जन्मदर्ता अनुसार केटीको उमेर १६ वर्ष ६ महिनामात्र देखिएको छ भने केटाको उमेर २० भन्दा बढी भएको अभिभावकहरुले बताए । केटीका वुवा हकिम बैठाले आफ्नी छोरीलाई ललाई-फकाई प्रलोभनमा पारेर केटाले भगाएको भन्दै दुई हप्ता अगाडी ईलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी समेत दिएका थिए । अभिभावकहरुको उपस्थितिमा केटा र केटीलाई आ-आफ्ना घर फर्काउने सहमति भएर छाडेको प्रहरी कार्यालयको भनाई छ तर २७ जेठमा एकाएक गाँउमा अभिभावकहरुबीच सहमति बनेर मुस्लिम संस्कारअनुसार विवाह भएको स्थानीय हरदेव महतोले जानकारी दिए । विवाह हुने गाँउभरी हल्ला चलेपछि स्थानीयले प्रहरीलाई खवर गर्दा पनि उनीहरु घटनास्थलमा नआएको स्थानीयको गुनासो छ । तर प्रहरीले भने यो बिषयमा जानकारी नभएको दाबी गरेको छ । केटा र केटीका अभिभावक निर महम्मद बैठा र हकिम बैठालाई सहमति गराएर विवाह नगराउने सर्तमा छाडेको तर कानुनविपरित विवाह भएको रहेछ भने कानुनीरुपमा नै उपचार खोज्ने इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमण पोखरेलले बताए । स्थानीय जनप्रतिनिधि तथा वडा ध्यक्ष रामकिशोर साहले पनि वालविवाह भएको आफूलाइ पनि जानकारी आएकाे बताए । 'स्थानीयले मलाई पनि फोन गरेर जानकारी गराएका छन ।' अध्यक्ष साहले भने । 'रातारात मौलीको सहमतिमा विवाह भएको र भोज पनि खाएको सुनेको छु, म आफै त्याँहा जादै छु ।'