प्रधानमन्त्री दाहाल दिल्लीमा, विशेष सचिवद्वारा स्वागत 

आइतबार, जेठ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।  प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले औपचारिक स्वागत गरे । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।  प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार दिउँसो भारत प्रस्थान गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले आइतबार साँझ सवा सात बजे पद तथा गोपनीयताको सपथ लिनेछन् ।  शपथपछि मोदीसँग भेटवार्ता हुने छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने छन् ।  

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार