नीति तथा कार्यक्रम र बजेटका लागि सांसदसँग सुझाव लियो ललितपुर महानगरले

सोमबार, जेठ २८, २०८१

ललितपुर । ललितपुर महानगरले आगामी आर्थिक वर्षको  नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि ललितपर जिल्लाका सांसदहरुसँग छलफल गरेको छ ।  ललितपुरलाई सुन्दर र बस्न योग्य सहर बनाउनका लागि गर्नुपर्ने कामका बारेमा सुझाव लिनका लागि महानगरले छलफल कार्यक्रम आयोजना गरेको हो ।  महानगर प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि र कर्मचारी विज्ञ नहुने भएकाले विज्ञहरुसँग महानगरको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम बनाउनु अघि सल्लाहकार र सांसदसँग छलफल गरेको बताए ।  महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले ललितपुरको बजेट र नीति तथा कार्यक्रम उत्कृष्ट बनाउन सबै क्षेत्रका विज्ञ र सांसदसँग छलफल गरेको बताइन् । बजेट, नीति तथा कार्यक्रमलाई सहभागितामूलक र तथ्यपरक बनाउनका लागि महानगरवासीबाट पनि सुझाव संकलन गरेको उनले जानकारी गराइन् ।

WhatsApp-Image-2024-06-10-at-15.11.49-1718012030.jpeg
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरको बजेट, नीति र कार्यक्रम निर्माणका लागि प्राप्त भएका सुझाव यथार्थपरक हुने बताइन् । प्राप्त सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने बताइन् ।  महानगरका महानगरले अघिल्लो वर्ष पनि ललितपुरका सासंदहरुसँग छलफल गरेको थियो ।  कार्यक्रममा ललितपुर जिल्लाका सासंदहरुले ललितपुर महानगरले बजेट र नीति निर्माण गर्दा महानगरवासीको दिनचर्या र जीवन सजिलो हुने विषयमा केन्द्रित हुन जोड दिएका छन् ।  सोमबार महानगरमा आयोजित आर्थिक वर्ष २०८१-२०८२ को नीति तथा कार्यक्रम  सम्बन्धमा ललितपुरका सासंदसँगको अन्तक्र्रिया कार्यक्रममा ललितपुर क्षेत्र नं. १ का संघीय सांसद उदय शमशेर राणाले मध्यम स्तरका व्यापारीलाई व्यापार व्यवसाय गर्न सहज हुने वातावरण निर्माण गर्ने तर्फ महानगरको आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘ काम पाइएन भन्दै युवा पुस्ता विदेशिएको छ, त्यसलाई रोक्न विशेष कार्यक्रम ल्याउनुप¥यो । ’ अर्थतन्त्रलाई चलायमान बनाउन पूँजीगत खर्च वृद्धि हुनुपर्ने उनले बताए ।  फोहोर व्यवस्थापन कथाजस्तै भएको बताउँदै उनले भने,‘उपत्यकाभित्रका १८वटा पालिका र संघीय सरकारसँग सहकार्य गरोस् महानगरले । ’ पार्किङ नहुँदा धेरै समस्या भइरहेको बताउँदै महानगरले बहुतल्ले पार्किङ निर्माण गर्नुपर्ने बताए । यसो गर्दा राजश्व संकलन समेत वृद्धि हुने धारणा उनले राखे । 

No description available.
ललितपुर क्षेत्र नं.२ का संघीय सांसद प्रेम महर्जनले वातावरण संरक्षणसँगसँगै मानव स्वास्थ्यका लागि साइकल महत्वपूर्ण भएको बताउँदै साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । महानगरले मोबाइल अस्पतालको अवधारणालाई अबको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई वृद्धि गर्नसामुदायिक विद्यालय सुधार कार्यक्रमलाई आगामी वर्षको बजेट र नीति तथा कार्यक्रममा समट्नुपर्ने धारणा राखे । 

la-pu-samsad-1718011949.jpg


ललितपुर क्षेत्र नं.३ का संघीय सांसद तोसिमा कार्कीले ललितपुर महानगरले खानेपानीको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर आगामी बजेट निर्माण गर्नुपर्ने धारणा राखिन् । चोक चोकमा वाटर एटिएमको व्यवस्था गर्ने कार्यक्रम ल्याउन अनुरोध गरिन् । वडा नं.४, वडा नं २४ मा भएका खुल्ला ढलले संक्रमण बढाउने र महामारीको रुप लिने अवस्था सिर्जना भएको बताउँदै यस तर्फ महानगरको ध्यान केन्द्रित हुनुपर्ने भनाई उनको थियो । 
सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दै गएको बताउँदै उनले वडालाई नै वडाभित्र भएको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले निर्देशन पर्ने धारणा राखिन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका संघीय सांसद रोशन कार्कीले  सार्वजनिक जग्गा संरक्षणको कार्यक्रमलाई प्राथमिकताका साथ लागू गर्नुपर्ने धारणा राखिन् । खानेपानीको व्यवस्थापन, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महानगरले विशेष योजना अघि सार्नुपर्ने बताइन् । विषादीयुक्त तरकारीले मानव स्वास्थ्य जोखिममा पार्दै गएको बताउँदै विषादीरहित तरकारीकालागि हाट बजारको व्यवस्था गर्नुपर्ने उनको धारणा थियो ।  बागमती प्रदेशका पूर्वमन्त्री तथा ललितपुर क्षेत्र नंं.२ क का प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले सम्पदा संरक्षण र हरियाली प्रबद्र्धनमा महानगरले महत्वपूर्ण काम गरेको टिप्पणी गरे । पूर्वाधार निर्माणमा महानगरको लगानी पर्याप्त भएको बताउँदै भने, ‘ ती संरचना प्रयोग गर्ने जनशक्ति निर्माणका लागि पनि महानगरले लगानी गर्नुपर्छ । ’

No description available.बेरोजगारी विकराल समस्याको रुपमा देखापर्दै गएको बताउँदै उनले महानगरबासीको आयवृद्धि हुने विषयमा केन्द्रित भएर अबको आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेट आउनुपर्ने धारणा राखे । महानगरवासीको दिनचर्या अव्यवस्थित सार्वजनिक यातायातका  प्रभावित भएको बताउँदै भने, ‘महानगरले यस विषयमा जतिसक्दो चाडो ध्यान दिनुपर्छ ।’ ललितपुर क्षेत्र नंं. ३ क का सासंद रघुनाथ महर्जन महानगर नागरिकको नजिकको सरकार भएको बताउँदै महानगरबासीको दिनचर्या सजिलो बनाउने विषयमा केन्द्रित भएर बजेट तथा नीति कार्यक्रम ल्याउनुपर्ने बताए । उनले भने, ‘खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका विषयमा केन्द्रित हुनुपर्छ  ।’

No description available.ललितपुर महानगरले महानगरभित्रको पानीको समस्या समाधान गर्न मलेम्चीमा आश्रित हुन नहुने धारणा राखे ।  ललितपुर क्षेत्र नं.३ ख का प्रेमभक्त महर्जन महानगरवासीको दिनचर्या र जनजीवन सजिलो हुने विषयमा केन्द्रित भएर बजेट, नीति तथा कार्यक्रम ल्याउन उनले महानगरलाई सुझाव दिए । संघीय र प्रदेश सांसदले स्थानीय तहलाई काम गर्न सहज बनाउनका लागि नीतिगत विषयमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार