ज्येष्ठ नागरिकलाई ललितपुर महानगर–२७ ले वितरण गर्‍यो निःशुल्क औषधि 

मंगलबार, जेठ २९, २०८१

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २७ ले आफ्नो वडा भित्र बसोबास गर्ने ६५ वर्ष माथिका दीर्घरोगबाट पीडित ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गरेको छ । चालु आर्थिक वर्षको लागि आज वितरण गरिएको औषधि अन्तिम लट हो । आफूले खाने औषधिको प्रेसक्रिप्सनसहित निवेदन दिएका ज्येष्ठ वडावसीलाई आजदेखि निःशुल्क औषधि वितरण थालिएको हो ।

441959986_2174242502934625_5302482026642042040_n-1718090037.jpg
 ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्रेसक्रिप्सनका आधारमा उहाँहरूले खाँदै आएको औषधि निःशुल्क वितरण गरिएको वडाअध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिनुभयो ।  दम, सुगर, थाइरोइड, रक्तचापका बिरामीलाई वडा कार्यालयले अघिल्लो वर्ष देखि नै निःशुल्क औषधि वितरण थालेको हो । औषधि वितरणका क्रममा सुनाकोठी स्वास्थ्य चौकीले ज्येष्ठ नागरिकको प्रेसर जाँच पनि गरेको थियो । 

441958575_982139480588246_2265141880712208914_n-1718090039.jpg
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार