मन्त्रिपरिषद् निर्णय 

बागमती प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय   

शुक्रबार, जेठ ३२, २०८१

हेटौंडा । बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ ।  शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१-८२ देखि ०८५-८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताए ।  यस्तै आजकै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ पनि स्वीकृत गरेको छ ।  स्वास्थ्य मन्त्रालयले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्न अघि सारेको विषयलाई आजको बैठकले अस्पताल निर्माण अध्ययनका लागि नीतिगत सहमती दिएको पनि श्रेष्ठले बताए ।  बैठकले आयुर्वेद औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन समेत स्वीकृत गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार