पशुपतिनाथमा आजबाट भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउने 

शनिबार, असार १, २०८१

काठमाडौं । आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थी भक्तजनका लागि खोलिएको छ ।  पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएकोप्रति ध्यान दिँदै शनिबार बिहान ४ बजे देखि नै पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार वटै ढोका दर्शनार्थीको लागि खुला गरेको हो ।  यसअघि हरेक दिन पशुपतिनाथ मन्दिरमा पूजाका लागि भट्टहरु प्रवेश गरेपछि मात्र बिहान ८ः३० बजेपछि भक्तजनका लागि तीनवटा ढोका खोल्ने गरिएको थियो ।  विकास कोषले पशुपतिनाथ मन्दिरको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गर्ने गरेको थियो । यसअघि हरितालिका तीज, महाशिवरात्रि र बालाचतुर्दशीको विशेष दिनमात्रै पशुपतिको चारै ढोका खोल्ने गरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार