सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नदेखि काठमाडौं उपत्यकाको तापक्रम घटेर केही शीतल हुने जानकारी दिएको छ । हिजो शुक्रबार उपत्यकामा निकै गर्मी महसुश गरिएको थियो । यहाँ हिजोको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो भने आज अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने विभागको भनाई छ । आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव देखिन थाल्ने विभागले जनाएको छ । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी रहेकाले अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना देखाईएको छ ।