बागमतीलाई प्लाष्टिकरहित बनाउन बजेट विनियोजन

आइतबार, असार २, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउनका लागि १ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ ।  बागमती सरकारले प्रदेशलाई वातावरणमैत्री बनाउने र प्लास्टिकको प्रयोग रोक्न डेढ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार हेटौंडास्थित प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वातावरणमैत्री कार्यक्रमका लागि रकम विनियोजन गरेको बताएका हुन् ।  यस्तै वातावरण सम्मेलन गर्ने, प्रमुख सहरका राजमार्ग र सडक छेउछाउमा वृक्षारोपण लगायतका योजना अघि सारिएको छ । यस्तै उच्चतापक्रम तथा जलवायु परिवर्तनका कारण तराईका खानेपानी मुहान सुक्ने जोखिम रोक्न चितवनका विभिन्न स्थानमा जलाधार संरक्षण गर्न आवश्यक रकम विनियोजन भएको मन्त्री थपलियाले बताए । 
उनले वन तथा वातावरण मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि ३ अर्ब २१ करोड विनियोजन गरेको घोषणा गरे ।
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार