पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला

आइतबार, असार २, २०८१

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बि.क. असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार