अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा

सोमबार, असार ३, २०८१

मुग्लिन । पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ। मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध राजमार्ग पहिरो पन्छ्याइएसँगै सञ्चालनमा आएको हो । पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताए। राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ प्रस्थान भइरहेका छन्।


 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार