चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

सोमबार, असार ३, २०८१

काठमाडौं । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका-३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए। घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर पन्तलाई चट्याङ लागेको थियो। उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार