सोनाम गुरुङ ६ किलो सुन र ४८ लाख रुपैयाँसहित पक्राउ 

सोमबार, असार ३, २०८१

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक शेरब ग्याल्मो भन्ने सोनाम गुरुङ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । गुरुङलाई सिआइबीको टोलीले काठमाडौं महानगरपालिका वडा.नम्बर ६ तिनचुली स्थित डेराबाटै आइतबार पक्राउ गरेको हो । सिआइबीले सोनाम गुरुङको डेराबाट एक एक केजीका अवैध ६ थान सुन र नगद ४८ लाख रुपैयाँ समेत बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार