साओमीका मेनेजर सोनीले पूरा गरे चार वर्षे कार्यकाल 

मंगलबार, असार ४, २०८१

काठमाडौं ।  साओमी मोबाइल कम्पनीका तर्फबाट नेपालका लागि आफ्टर सेल्स सर्भिसको कन्ट्री मेनेजर किरण सोनीले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका छन् । सन् २०२० देखि कार्यकाल सुरु गरेका सोनीले साओमी मोबाइलको आफ्टर सेल्स सर्भिसको सेवा गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान गरेका थिए । यस्तै, देशका विभिन्न स्थानमा आफ्टर सेल्स सर्भिसको सेवा पुर्याउन सोनीले सर्भिस सेन्टरहरु खोल्न समेत अग्रणी भूमिका निर्वाह गरे । नेपाली बजारमा सेल्सका आधारमा साओमी नम्बर वन मोबाइल ब्रान्ड हो । मोबाइल प्रयोगकर्ताहरुमाझ यसका मिडिल रेन्जका मोबाइलहरु लोकप्रिय मानिन्छन् ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार