चीनबाट आइपुग्यो थप स्वास्थ्य सामग्री

आइतबार, जेठ १६, २०७८

काठमाडौं । उत्तरी छिमेकी चीनले अनुदान स्वरुप दिएको भेन्टिलेटर , अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । तातोपानी नाकामा उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीट मार्फत जानकारी दिएकी छन् । उक्त स्वास्थ्य सामग्री सिज्याङ तिब्बत सरकारको तर्फबाट अनुदान स्वरुप प्राप्त भएको हो । यसअघि पनि चीनले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । 
आइतबार हस्तान्तरण भएको यो लटमा ८ सय अक्सिजन भरिएको सिलिण्डर, १० अक्सिजन कन्सन्ट्रेटर, ५ भेन्टिलेटर, दुई सय आईसीयू बेड र १५ हजार एन्टिजेन किट्स रहेको राजदूतको ट्वीटमा उल्लेख छ । चीनले यसअघि ८ लाख डोज भ्याक्सिन दिइसकेको छ । १० लाख डोज भ्याक्सिजन छिट्टै काठमाडौं आइपुग्ने जनाइएको छ । 
चिनियाँ राष्ट्रपति सि चिनिफिङले नेपाल समकक्षी विद्यादेवी भण्डारीलाई टेलिफोन गरी  खोप दिने घोषणा गरेका थिए । उक्त घोषणा सहित अन्य सहयोग गर्ने पनि बताएका थिए । नेपालले थप खोप पनि चीनबाट ल्याउन चाहेमा चीनले उपलब्ध गराउने यस अघि नै बताइसकेको छ ।  


 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  २२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार