सुनको मुल्य स्थिर, चाँदीको बढ्यो

मंगलबार, असार ४, २०८१

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी आज तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।  सुनको मुल्य सोमबार पनि यहि मुल्यमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने मंगलबार सामान्य बढेको छ । मंगलबार चाँदी तोलाको १५ बढेर तोलामा १८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार