जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मंगलबार, असार ४, २०८१

धनकुटा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका-११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका-६ भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार