भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुनर्लेखन गर्नु सांसद खानकाे माग

मंगलबार, असार ४, २०८१

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद खानले भौतिक पूर्वाधार मन्त्रालयको बजेट नेतामुखि भएको टिप्पणी गर्दै मन्त्रलायको बजेट पुनर्लेखन गर्नुपर्ने माग गरेका हुन् । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले केही क्षेत्र र केही जिल्लाहरुमा मात्रै बजेट सीमित गराउने काम गरेको बताउदै पुनर्लेखन गर्न माग गरेका हुन् । सांसद खानले राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोचका कारण मुलुकको विकास निर्माणको काममा सुधार हुन नसकेको टिप्पणी गरे । उनले भने, ‘भौतिक पूर्वाधारमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने–भौतिक पूर्वाधारको बजेट नेतामुखि भएको देखिन्छ। केही क्षेत्र र केही जिल्लाहरुमा सीमित देखिन्छ। तसर्थ भौतिक पूर्वाधारको बजेट पुनर्लेखन गरौं माननीय मन्त्रीजी। यसरी भएन। राष्ट्रिय योजना आयोगको अदुरदर्शी सोच र अपर्याप्त अन्वेषण, अनुसन्धानको कमीको कारणले व्यवहारिक र देशमा संरचनागत सुधार भईराखेको छैन ।’

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार