सहकारीसम्बन्धि संसदीय छानबिन समिति कानुनी परामर्शमा

बुधबार, असार ५, २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।  बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।  बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग परामर्श गरेको बताए । उनले कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषयलगायतका प्रश्नहरूमा छलफल भएको बताए । उनले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमालचन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुङ्गानासँग छलफल भएको बताए । समिति पछिल्ला दिनमा लगातार बैठक बसेर आफ्नो काम अगाडी बढिरहेको छ । यसअघि समस्याग्रस्त सहकारीबाट प्रतिवेदन मगाउने काम गरिसकेको आयोगले आफ्नो कार्यविधि पारित गरेर अगाडी बढेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार