कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिने कटहरियाको बजेट ५२ करोड

बिहीबार, असार ६, २०८१

 

रौतहट । रौतहटको कटहरिया नगरपालिकाको १० औं नगरसभाको उदघाटनसत्र सम्पन्न भएको छ । बुधवार नगरपालिकाको प्राङ्गणमा आयोजित एक भब्य समारोहका बीच नगरसभा सम्पन्न भएको हो । जिल्लाको १८ स्थानीय तहमध्ये यो आर्थिक बर्षमा सबैभन्दा पहिले कटहरिया नगरपालिकाले नगरसभाको आयोजना गरेको हो । कार्यक्रमका अध्यक्ष मेयर अजय प्रकाश जैसवाल र प्रमुख प्रशासकीया अधिकृत उपसचिव सुरेन्द्र प्रधानले संयुक्त रूपमा आठौं बजेटसभा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५२ करोड, ३१ लाख, ७२ हजार ३८४ रुपैया ४० पैसाको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा कृषिलाई बिशेष प्राथमिकतामा राखिएको छ । कृषि व्यवसायी तथा किसानलाई प्रोत्साहन स्वरुप कृषि विद्युत मिटर जडान गरी कृषि कार्यमा उठेको विद्युत महसुल नगरपालिकाले सतप्रतिशत अनुदान दिइने भनिएको छ ।

यसैगरी कृषिमा आधुनिक ब्यवसाय गर्ने फर्मलाई प्रोत्साहन स्वरुप अनुदान दिने,कृषिको बहुउद्देश्यीय भवन बनाईने, कृषि सामाग्री उपलब्ध गराई बीउ बिजन भण्डारण तथा बिक्री बितरणको ब्यवस्था गरिने छ । पशुपन्छी ,मत्स्य, पालन भूमी ब्यब्स्था तथा सहकारी ,पर्यटन तथा संस्कृतिमा स्थानिय पर्यटन,उध्योग बाणिज्य तथा बित्तिय र समाजिक बिकासतर्फ जोर दिइएको छ ।

शिक्षा तथा खेलकुदमा क्याम्पस अध्यनरत विद्यार्थीहरुलाई पठन पाठनमा लाग्ने शुल्कमा  क्याम्पसलाई विशेष अनुदानको ब्यवस्था समेत मिलाईएको छ । नगर सभामा स्वास्थ्य क्षेत्रमा १५ शैयाको अस्पताल निर्माणमा निरन्तरता दिँदै नगर भित्र निशुल्क एम्बुलेन्स सेवा उपल्ब्ध गराईने  भएको छ ।

यसैगरी स्वच्छ खानेपानीको लागि संचालित परियोजना मार्फत सहयोगलाई निरन्तरता दिने, सरसफाई अन्तर्गत स्वचछ शहर कटहरिया नगरको नारा समेत अवलम्बन गरिने बताईएको छ। सभामा लैङिक समानता तथा सामाजिक समाबेशिकरण समेत समेटिएको छ ।

पूर्वाधार विकासतर्फ नगर भित्रका सडक तथा पुल, सिँचाई तथा नदी नियन्त्रण , भवन तथा शहरी विकास,सन्चार, उर्जा समेत समेटिएको  छ।  वातावरण  तथा बिपद व्यब्स्थापन तर्फ, संस्थागत बिकास तथा सेवा प्रवाह  र बित्तिय व्यब्स्थापन लगायतका कार्यक्रमहरु समावेस गरिएको छ।

मेयर अजय प्रकास जैसवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,९ मध्ये ७ वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरू, कटहरिया नगर भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरु, लगायतको सहभागिता रहेको थियो। नगरसभामा उपमेयर रिता देवी यादव, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार