बढ्यो डलर, युरो र पाउण्डको मूल्य 

बिहीबार, असार ६, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।  यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ २३ पैसा र बिक्री दर १४३ रुपैयाँ ८८ पैसा तोकिएको छ । बिहीबार युरोको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा तोकिएको थियो ।  आज, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३७ पैसा पुगेको छ  । बुधबार पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६९ पैसामा कारोबार भएको थियो । आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २८ पैसा रहेको छ । 
त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसामा कारोबार भैरहेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार