मधेसको नीति तथा योजना आयोगको उपाध्यक्षमा शाह नियुक्त

बिहीबार, असार ६, २०८१

जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन कुमार शाह नियुक्त भएका छन् । विहिबार मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टी निकट मानिने शाहलाई उपाध्यक्ष नियुक्त गरेका हुन् ।  शाहले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट स्कुल अफ सोसल साइन्स अन्तर्गत विज्ञान नीति अध्ययनमा विद्यावारिधि गरेका छन् । शाह तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारको बेला योजना आयोगको सदस्य थिए । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार