सुनाकोठीमा आगमी सोमबार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर (भिडियो)

शुक्रबार, असार ७, २०८१


सुनाकोठी(ललितपुर) । ललितपुर महानगरपालिका समाजकल्यण महाशाखा जनस्वास्थ्य शाखाले आगामी सोमबार सुनाकोठीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।  निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरका बारेमा जानकारी दिने उद्देश्यले सरोकारवालासँगको पूर्व तयारी बैठकमा शिविर सफल पार्न सबैको सहयोगको अपेक्षा जनस्वास्थ्य शाखाले राखेको छ । स्वास्थ्य शिविरका बारेमा जानकारी दिने उद्देश्यसहित आयोजित अभिमुखीकरण तथा पूर्व तयारी बैठकमा स्तनपाई आमा, शिशु सेवा तथा ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा कार्यक्रम सञ्चालनका बारेमा जानकारी गराएको थियो । 
आज शुक्रबार महानगर २७ नं. वडाका वडाअध्यक्ष कृष्णहरि महर्जन, वडा सदस्य रामदेवी महर्जन, निरोज महर्जन तथा श्यामकृष्ण महर्जनको उपस्थितिमा आयोजित १ दिने अभिमुखीकरण तथा पूर्व तयारी बैठकमा स्वास्थ्य शिविरका बारेमा आयुर्वेद चिकित्सक डा. इला पौडेल, महानगर जनस्वास्थ्य शाखा आयुर्वेद फोकल पर्सन पवन केसी, सुनाकोठी स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम श्रेष्ठले शिविरको महत्वबारे प्रकाश पार्दै धेरै भन्दा धेरै वडावासीलाई शिविरमा ल्याउन व्यापक प्रचार प्रसार गर्न आह्वान गरे । 

448175202_794649139424037_1732235534018163422_n-1718979582.jpg
कार्यक्रमका सभापति एवम् वडा नं २७ का वडाअध्यक्ष कृष्णहरि मजर्हनले वडामा आयोजना हुने स्वास्थ्य शिविरलाई सफल पार्न वडाको सिङगो टिम क्रियाशील हुने बताउँदै महिला स्वास्थ्य स्वयम् सेविकासहित सबैलाई प्रचार प्रसारमा व्यापक भएर लाग्नु आह्वान गर्नुभयो । 
आफू निर्वाचित भएर आएदेखि नै स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएको जनाउँदै वडाअध्यक्ष महर्जनले भन्नुभयो, यो शिविर पनि त्यसैको एउटा कडिका रुपमा आयोजना भएको छ । यसलाई व्यापक प्रचार प्रसार गरी सफल पार्नुपर्छ ।’
कार्यक्रममा वडा सदस्य रामदेवी महर्जनले ठूलो संख्यामा वडावासीलाई शिविरमा सहभागी गराउँदै आयुर्वेदप्रतिको उहाँहरूको गलब बुझाईलाई हटाउनु पर्नेमा जोड दिनुभयो । 
अभिमुखिकरण कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविका, वडा स्वास्थ्य कार्यान्वयन समितिका सदस्य, समाजसेवी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा सञ्चारकर्मी सहभागी भएका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार