सोसल मिडिया
Contact Us
युनिकोड
तिखिदेव (ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयले चालु आर्थिक वर्षको वडास्तरीय बजेटबाट दलित तथा विपन्न वर्गका बालबालिकाहरूलाई उनीहरूको पढाईमा सहयोग पुगोस भन्ने उद्देश्यसहित ल्यापटप सहयोग गरेको छ । महानगर १४ नं. वडाका वडाअध्यक्ष अमृतजंग महतले शुक्रबार वडा कार्यलयमा ती ४ जना विपन्न तथा दलित बालबालिकालाई ल्यापटप हस्तान्तरण गर्नु भएको हो ।
वडा कार्यालयले सामाजिक विकास क्षेत्रतर्फको महिला बालबालिका तथा समाजकल्यण उपक्षेत्रबाट ‘निम्न वर्गका बालबालिकालाई कम्प्युटर वितरण’ शीर्षकबाट ती बालबालिकालाई ल्यापटप वितरण गरेको हो । एसईई तथा प्लस टु उत्र्तीण दलित क्लस्टरका विद्यार्थीहरूलाई उनीहरूको पढाइ निरन्तरसहित थप पढाइका लागि सहज होस भन्नाका लागि ल्यापटप वितरण गरिएको वडाअध्यक्ष अमृतजंग महतले बताउनुभयो ।
ल्यापटप पाउने लाभग्राहीमा एकजना पूर्णअशक्त दृष्टिविहिन छात्रा छिन् । ल्यापटप हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष महतसहित वडासदस्य सहनशीला कार्की, कुबेर केसी, सनत कार्की, वडासचिव सुलोचना लुइँटेल तथा लाभग्राही विद्यार्थीका अभिभावक सहभागी भएका थिए । विद्यार्थीलाई ल्यापटप हस्तान्तरपछि वडाअध्यक्ष अमृतजंग महतले वडा कार्यालयले उपलव्ध गराएको ल्यापटप सहि सदुपयोग गरी लाभ लिन शुभकानना दिनुभयो । लाभग्राही विद्यार्थीले आफूहरूको थप पढाइमा सहयोग पुगोस भनेर वडा कार्यालयले ल्यापटप उपलव्ध गराएकोमा धन्यवाद दिएका छन् ।