वाणी विलास माध्यमिक  विद्यालयले  गर्‍यो विज्ञान प्रर्दशनी 

शनिबार, असार ८, २०८१

चापागाउँ (ललितपुर) । ललितपुरको  गोदावरी नगरपालिका  ११ नं. वडामा रहेको  वाणी विलास माध्यमिक    विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका  विद्यार्थीहरूले विज्ञान प्रर्दशनी गरेका छन् ।  विद्यार्थीहरूले  विज्ञान प्रदर्शनीका ३४  ओटा  स्टलहरु राखेका  थिए । विद्यार्थीले प्रेसर कार  नेपाली चन्द्रयान,  वायुमण्डलीय प्रदुषण, विद्युतीय  सामाग्रीलगायत   घरायसी  प्रयोजनका सामानहरू   प्रदर्शनीमा  राखेका  थिए  । वाणी विलास माध्यमिक   विद्यालयका   प्रधानाध्यापक   प्रविण प्रकाश श्रेष्ठले   विद्यार्थीहरुको  सिकाई क्षमता  बढाउन र  प्रयोगात्मक सिकाइका लागि  विज्ञान प्रर्दशनी  राखिएको बताए ।

Ba-13-1719018250.jpg
उनले प्रदर्शनीमा प्रथम हुने टिमलाई  ३ हजार ,  दोस्रोलाई   २ हजार , तेस्रोलाई  १ हजार  र सान्त्वना  हुनेलाई  ५ सय   रुपैयाँ  नगद  प्रदान गरिने बताए । गोदावरी नगरपालिका वडा नं. १० , ११ र १२  का निजी तथा  सामुदायिक विद्यालयका   २ सय विद्यार्थीले  विज्ञान प्रदर्शनीको  अवलोकन  गरेका  थिए । प्रदर्शनीको गोदावरी नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष निलबहादुर देसार, शिक्षा शाखाका प्रमुख दिनानाथ पन्थीले गरेका थिए । प्रेमपति जोशी र नानी राम संजेलले निर्णयकको भूमिका निर्वाह गरेका थिए । 

Ba-6-1719018251.jpg
Ba-2-1719018253.jpg
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार