परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै

शनिबार, असार ८, २०८१

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका छन् । एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन् भने बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ । त्यस्तै मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् ।  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने परराष्ट्रले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार