युक्रेनका सयभन्दा बढी ड्रोन नष्ट गरेको रुसको दाबी

शनिबार, असार ८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । रुसले क्रिमिया र रुसका केही क्षेत्रमा युक्रेनले गरेको ठूलो आक्रमणलाई असफल बनाएको दाबी गरेको छ । रुसले युक्रेनक सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुङ्गा नष्ट गरेको दाबी गरेको हो । रुसले सबैभन्दा गम्भीर हमला दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा भएको दाबी गरेको छ । अनलाइन पोस्ट गरिएको भिडियोले क्षेत्रको येइस्कमा रहेको सैन्य एयर बेस नजिकै आगलागी देखाएको छ । क्रास्नोडार अधिकारीहरूले सैन्य अड्डा नजिकैका घटनाहरूबारे टिप्पणी गरेका छैनन् तर इल्स्की नजिकैको तेल रिफाइनरीको प्रशासनिक भवनहरूमा आगलागी भएको बताएका छन्। अधिकारीहरुका अनुसार आगो निभाइएको छ भने घटनामा दुई जना घाइते भएका छन् । स्थानीय गभर्नरका अनुसार क्रास्नोडार सहरमा भग्नावशेषबाट खसेर एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार