सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । स्थानीय सरकारको नेतृत्वकर्ताहरुले संघीयतालाई बलियो बनाउन तीनै तहको सरकारबीच सहकार्य र समन्वय आवश्यक भएको बताएका छन् । विश्व बैंक र अर्थ मन्त्रालयले संयुक्त रुपमा आयोजना गरिएको नेपालको संघीयतामा शहरी विकास सम्बन्धी छलफलमा उनीले उक्त कुरा बताएका हुन् । शहरको दिगो विकासका लागि संविधान र अन्य कानुनले दिएको साझा र एकल अधिकार प्रयोग गर्दै अघि बढ्नुपर्ने धारणा राखे । अन्तर्राष्ट्रिय संस्थाले स्थानीय तहमा पुर्वाधार निर्माण लगायत जनशक्ति विकास र सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको बताए । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षता उक्त कार्यक्रम भएको थियो । छलफलमा ललितपुर महानगर प्रमुख चिरीबाबु स्थानीय तहमा संघीयता उत्कृष्ट रुपमा कार्यान्वयन भएको दाबी गरे ।
स्थानीय तहबाट भएको कामबाट नागरिक लाभान्वित भएको चर्चा गर्दा उनले भने,‘स्थानीय सरकारलाई प्रशस्तै अधिकार दिएको छ, ती काम फत्ते गर्न उहाँहरु सिंहदरबार पुग्नु पर्दैन । ’ स्थानीय सरकार नागरिकको नजिकको सरकार भएको बताउँदै नागरिकप्रति प्रत्यक्ष रुपमा जिम्मेवारी निर्वाह गर्ने सरकार समेत भएको प्रष्ट पारे । अन्तर्राष्ट्रिय विकास साझेदारहरुको सहयोग स्थानीय तहमा थुप्रै परियोजनाहरु सम्पन्न भएको बताए । उनले भने, ‘ती परियोजनाबाट नागरिकको दिनचर्या सहज भएको छ , जीवनस्तर सुधार भएको छ ।’ एसियाली विकास बैंकको सहयोगमा ललितपुर महानगरमा निर्माण भएको ट्रङक लाइन प्रोजेक्टबाट महानगरको मुख्य क्षेत्र डुबानबाट मुक्त भएको बताए । उनले भने, ‘ मंगलबजार , महापाल र कुमारीपाटी क्षेत्र वर्षातको बेला डुबान क्षेत्र हुन्थ्यो, पानी जमेको ठाउँमा नक्कली डुुंगा बनाएर त्यहाँ मेयर फोटो राखेर सामाजिक संजालतिर पोष्ट गरिन्थ्यो, तर, अहिले त्यो समस्या हल भएको छ ।’ मासिने अवस्थामा पुगेको पिम्बहाल पोखरीको पुनर्निर्माण अन्तर्राष्ट्रिय विकास साझेदारसंंस्थाहरुबाट नै भएको महानगर प्रमुख चिरीबाबु महर्जनले स्मरण गरे । उनले भने, ‘त्यो पोखरी पुनर्निर्माण भएपछि, त्यहाँ बेड एण्ड ब्रेक फास्ट रेष्टुँराहरु बनेको छ , जसबाट धेरैजनाले रोजगारी प्राप्त गरेका छन् । ’ पोखरा महानगरका प्रमुख धनराज आचार्यले संघीयता अभ्यासको सात वर्ष पुरा भएको यी वर्षहरुले संघीयताको आधार तयार गरेको बताए । संघीयतालाई बलियो बनाउन तीन तहका सरकारबी समन्वय र सहकार्य आवश्यक भएको बताए । अन्तर्राष्ट्रिय दातृसंस्थाको सहयोगकै कारण स्थानीय तहमा ठूलो परियोजना संचालन हुन सम्भव छ भन्ने आधार तयार भएको उनले बताए । उनले भने, ‘संघीयतालाई बलियो बनाउन स्थानीय तहको क्षमता अभिबृद्धिमा विश्व बैक लगायत विकासका साझेदार संस्थाहरुको साथ पाइएको छ, संघीयताका सबै क्षेत्रमा विश्व बैकले काम गरेको पाइयो, विश्व बैकको कामबाट वातावरण संरक्षण, सामाजिक बिषयलगायतमा अन्तर्राष्ट्रिय प्रयोगका विषयमा सिक्ने अवसर मिलेको छ ’ उनले भने ।
हालै मात्रै पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको जानकारी दिदैं सबैलाई पोखरा आउन निम्ता दिए । प्रत्येक समस्याको समाधान हुने बताउँदै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले समस्या समाधानका लागि सहकार्य र सहमति आवश्यक भएको बताए । विश्व बैंकले स्थानीय तहमा पूर्वाधार निर्माण, जनशक्ति तयार बनाउन लगानी र सामाजिक क्षेत्रमा लगानी गरेको धन्यवाद दिए । हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी, कैलालीको लम्की चुहा नगरपालिकाका उपप्रमुख जुना चौधरी, झापाको मेची नगर नगरपालिकाका उपप्रमुख मिना पोखरेलले विश्व बैंकको सहयोगमा आफ्नो नगरपालिका भित्र थुप्रै योजना सम्पन्न भएको बताउँदै बैंकलाई धन्यवाद दिए । संघीयतालाई बलियो बनाउन र सहरको विकास गर्न तीन तहकै सरकारबीच समन्वयसँगसँगै सहकार्य आवश्यक भएको बताए ।