आज प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी 

दुवै सदनको बैठक बस्दै
आइतबार, असार ९, २०८१

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सरकारले आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । ​ आइतबार बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बजेट पास गर्ने दिन संसद्मा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् कांग्रेसले गत शुक्रबार नै ह्विप जारी गरेको छ ।  बजेट पास गर्ने कार्यसूचीसँगै आजको बैठकमा ‘‘आर्थिक विधेयक २०८१ माथि विचार गरियोस्’’, ‘‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ माथि विचार गरियोस्’’ र ‘‘भन्सार महशुल सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस्’’ भन्ने तीन ओटा विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन् । त्यसअघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।  यस्तै, आजको राष्ट्रियसभा बैठकमा भने उत्पति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार