यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

आइतबार, असार ९, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ ।  आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ ।  त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ २० पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसामा कारोबार भैरहेको छ ।  

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार