सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, असार १०, २०८१

काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू चसिडोल बस्ने ३७ वर्षीय विकास राउत रहेका छन् । राउतलाई जिल्ला अदालत काठमाडौंबाट २०६६ पुस २६ गते उक्त मुद्दामा ५ महिना १५ दिन कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय तोकेको थियो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर लुभू चसिडोलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार