ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड 

सोमबार, असार १०, २०८१

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाएर ल्याएको छ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१-८२ का लागि सात अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सोमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट वक्तव्य सार्वजनिक गरेकी हुन् । अगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १५ प्रतिशत बढी रहेको उपमेयर शाक्यले बताइन् । चालू आर्थिक वर्षका लागि महानगरले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख बज्राचार्यले बताइन् । महनागरले विश्व सम्पदा क्षेत्रभित्र भवन सम्पदा नियम पालना गरी निर्माण गरिएका घरहरुको सम्पति कर मिनाहा गर्ने भएको छ । त्यस्तै, विद्युतीय सवारी प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा सम्पत्ति करमा ५ प्रतिशत कर छुट दिने उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार