मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार

सोमबार, असार १०, २०८१

रौतहट । रौतहटको बौधिमाइ नगरपालिकाकी उपमेयर प्रमिला देवि जयस्वालले पाँच वडा अध्यक्षसहित बहुमतका साथ नगर अधिवेशन बहिष्कार गरेकी छन् । मेयर प्रदिप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमिला देवि जयसवाल बहुमत कार्यपालिका सदस्यसहित नगर अधिवेशन बहिस्कार गरेकी हुन् । मेयर  यादव र उपमेयर जयस्वाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भएपनि मेयरले मनमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयर सहितले नारा जुलुस प्रर्दशन गर्दै नगर अधिवेशन बहिष्कार गरेका थिए विहिस्कार गरेकी छिन् । मेयर यादवले सोमबार नगरपालिकाको सभाकक्षमा ९औं नगर अधिवेशनको लागि आयोजना गरेको कार्यक्रममा उपमेयर जयसवालसहित ३३ जना बहुमत कार्यपालिका सदस्यहरुले मेयरसंग प्रतिवाद गरेका थिए । सो क्रममा मेयर यादवले बोलाएको बाउन्सर कार्यपालिका सदस्यका साथ दुर्व्यवहार गरेको आरोप लगाईएको छ । नगरसभा बहिष्कार गर्न पुगेको बेला कार्यक्रममा केहिबेर मेयर यादव र उप मेयर जयसवालका समर्थक बिच धक्कामुकी समेत भएको थियो । उपमेयर जैसवालका समर्थकहरुले नगर अधिवेशन लेखिएको व्यानर समेत च्यातिदिएका छन । मेयर यादवले बहुमत सदस्यलाई पेलेरै नगर सभा गर्न खोज्दा उपमेयर जयसवालका समर्थक र मेयर यादवका समर्थक बिच कुटाकुटको स्थिती सृजना भएको थियो । आफुहरुसँग कुनै सरसल्लाह नै नगरि नगर प्रमुख यादवले आफ्ना मनोपोली ढंगले नगर अधिवेशन गर्न खोज्दा आफुहरु नगर अधिवेशन बहिस्कार गरेको नगर उपप्रमुख प्रमिला देवि जयसवालले आरोप लगाएकी छन । नगरको सभाहल बाहिर निक्लेर उपमेयर सहितको जनप्रतिनिधिले बिवाद बारे सम्बोधन गरेका थिए । वडा ३ का अध्यक्ष मणिभुषण साहले कार्यपालिका बोर्डको बैठकमा नगरसभा बारे छलफल नभएको आफूहरुलाई सञ्चार माध्यमबाट जानकारी हुँदा ३२ जना कार्यपालिका सदस्यको हस्ताक्षरसहित आईतवार नै नगरसभा स्थगन गर्न निवेदन दर्ता गराएको बताएका थिए ।  मेयर यादवले मनमानी बदनियत पूर्ण अधिवेशन गर्नखोजेको बताउँदै अध्यक्ष साहले हालसम्म राजश्व परामर्श समितिको बैठक नबसेको, आव २०८०/०८१ को बजेट प्रस्तुत नभएको, संघ र प्रदेशबाट आएको रकम बारे जानकारी नदिइएको, वडा र नगरको विकास बजेटको सिलिङ वितरण नभएको, २०७९/०८० को आय ब्यय माग गर्दा पनि नपाएको, मनोमानी ढंगले दैनिक ज्यालादारी र करारका कर्मचारी भर्ना गरेको, नगरेको आन्तरिक आय बारे जानकारी नदिएको उपमेयर सहित बहिष्कार गर्ने पक्षले बताएका थिए । नगर अधिवेशन बहिष्कार गर्नेहरुमा उपमेयर प्रमिला देवी जैसवाल, वडा १ का अध्यक्ष रामाजोधी राउत,२ का धर्मेन्द्र पटेल,३ का मणि भुषण साह,७ का नरेन्द्र कुशवाहा,९ का अध्यक्ष मुक्ति नारायण मिश्रा संगै वडा सदस्य, कार्यपालिका सदस्य समेत गरी ३३ जना रहेका छन । बहिष्कार बारे बौधिमाई नगरप्रमुख प्रदीप कुमार यादवको प्रतिक्रिया लिन फोन गर्दा उनको मोबाईलको स्विच अफ रहेको थियो भने सभा हलमा पत्रकार लाई प्रवेश निषेध गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार